त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकृत अख्तियारको नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकृत अख्तियारको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । गैरकानुनी क्रियाकलाप गरी आर्थिक लाभ लिएको आरोपमा पराजुलीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पराजुलीले वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृति नलिई कतार, दुबई तथा यी मुलुकमा ट्रान्जिट भई विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई कतार तथा दुबईको भिजिट भिसामा प्रस्थान गर्न आएका व्यक्तिलाई बिचौलियाहरु समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने गरेका थिए ।

अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार भनिएको छ ‘ त्यसरी प्रस्थान अनुमति दिएको अभिलेखसमेत अभिलेखबद्ध नरहने गरी डिपार्चर स्ट्याम्प लगाइदिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको सिलसिलामा अध्यागमन अधिकृत पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको छ,’ अख्तियारका प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजधानीबाट

Skip This
Skip This
Logo