वीरगञ्जमा गोली चल्यो, बन्दुकसहित बाबुछोरा पक्राउ

वीरगञ्जमा गोली चल्यो, बन्दुकसहित बाबुछोरा पक्राउ


वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा गोली चलेको छ।

स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको हो । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको जनाएको छ ।

घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको  प्रहरीले जनाएको छ । उनीहरुको घरबाट  १२ बोर बन्दुक र ४ राउण्ड लाइभ कार्टिज बरामद गरिएको छ ।

Logo