नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ।
मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ इतिहासकै महङ्गो ६८ हजार पुगेको छ । आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा पुगेको थियो ।
सुन चाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ६७ हजार ७ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार चाँदी प्रतितोला ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
मूल्य बढेसँगै सुनको बजारमा कारोवार निकै कम मात्रामा हुने गरेको व्यवसायीहरुले बताएका छन्। सुनको मूल्य बढेपछि सुन किन्ने भन्दा बेच्नेहरु बढी आएको व्यवसायीहरुले बताएका छन् । बजारमा सुनको माग ७५ प्रतिशतले घटेको छ।
अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो।
चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन।





























प्रतिक्रिया