सिन्धुली,
पितृप्रसाद खाँदा एकै गाउँका १८ जना विरामी परेका छन् । जिल्लाको दुधौली नगरपालिका वडा नं. ६ हर्षाही माझखर्कमा स्थानीय डम्बरकुमारी दाहालको घरमा पितृप्रसाद खाएका १८ जना एकै पटक विरामी परेका हुन् ।
शनिबार स्व. देव नारायण दाहालको मासिकको प्रसाद खाएका स्थानीयहरुमा आइतबार विहानदेखि ज्वरो आउने टाउको दुख्ने, झाडा बान्ता हुने भएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए । विरामी परेकाहरुको दुधौली स्वास्थ्य चौकी र सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरिरहेको राउतले बताए ।
विरामी परेकाहरुको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीद्वारा सामुहिक रुपमा उपचार भई रहेको र आइतबार साँझसम्ममा क्रमशः सुधार हुदै गएको उनले बताए । उनीहरुको उपचारमा दुधौली नगरपालिकाले औषधि उपलब्ध गराएको दुधौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख तिल्केश्वर यादवले बताए ।
राजधानीबाट





























प्रतिक्रिया