काभ्रे,
आइतबार काभ्रेमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अरनिको राजमार्गस्थित बनेपा नगरपालिका वडा नम्वर १० साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको वा ५७ प ९४६९ नम्वरको मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको बा १७ च ८११२ नम्वरको स्करपियोसँग ठक्कर खाँदा एक जनाको मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएस्पी दिपक गिरीका अनुसार बनेपा नगरपालिका वडा नम्वर १२ कोटथुम्का बस्ने २१ बर्षिय रविन थापाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनीसँगै सवार सोहि स्थानका २६ बर्षिय सविन थापाकोे उपचार भईरहेको छ । स्करपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले बताउनु भयो ।
त्यस्तै आईतबार सोहि स्थानमा भएको अर्को दुर्घटनामा वा ९९ प ३३९७ नम्वरको स्कुटीले अरनिको राजमार्गको साझा पेट्रोलपम्प नजिकै विपरित दिसाबाट आउँदै गरेको बा ६ ख ७३१५ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको थियो । ट्रक चालकलाई नियन्त्रणमा लिई कारवाही शुरु गरिएको छ ।
यसैगरि आईतबार नै भएको अर्को दुर्घटनामा धादिङ्ग सल्यान ३ घर भई कालिसिद्धी गण बर्दिवासमा कार्यरत नेपाली सेनाका अमलदार वर्ष ३५ का भोजनारायण श्रेष्ठको रोशी गाउँपालिका ८ गिम्दीबेशी विपि राजमार्गमा दुर्घटना हुँदा निधन भएको छ । काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको ना ६२ प ७३१६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई नालीमा खसी दुर्घटना हुँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया