बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध एक करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौनियारले होस्टल र फार्मेसी  भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्‍पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्‍न  मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै उक्त भवन  निर्माणको चौथो रनिङ बिल  भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार  मुद्दा दायर गरिएको छ ।

Logo