“स्वदेशमै शिक्षा, सबैको इच्छा” भन्ने मूल नाराका साथ शुक्रबारदेखि शुरु भएको छैठौं शैक्षिक मेलामा अवलोकनकर्ताहरुको भिड लागेको छ। स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी र तिनका अभिभावकहरु मेला अवलोकनका लागि पुगेका छन्।
भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डटकमको आयोजना गरेको मेला राजधानीको होटल अन्नपूर्णमा संचालन भइरहेको छ । मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागी छन् । मेलाबाट बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीेहरु लाभान्वित हुने आयोजकले जनाएको छ ।
मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिइरहेका छन् ।
मेला आज सम्पन्न हुँदैछ ।





























प्रतिक्रिया