काठमाडौं,
बुधबार राति र बिहीबार बिहान देशका विभिन्न ठाउँमा आगजनीका घटना भएका छन् । यी घटनामा धेरैजसो मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई लक्ष्य गरिएको छ । एक ठाउँमा नेपाल टेलिकमको टावरमा र अरु ठाउँमा एनसेल टावरलाई लक्ष्य गरी आक्रमण भएका छन् ।
राति भएका अधिकांश घटनामा को संलग्न छन् प्रष्ट खुलेको छैन तर सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता हुने शंका प्रहरीको छ ।
विप्लवका एक केन्द्रीय सदस्यले एनसेल टावरमा प्रतिकात्मक कारबाही गरिएको बताए । एनसेलमाथि जनताले कारबाही गरेका छन् , उनले भने, हामीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि एनसेलमाथि कारबाही हुनु नै थियो । उनले करछली, मानव तस्करी, भ्रष्टाचार गर्नेलाई कारबाहीको नीति पार्टीले लिएको बताए । देशभरि ३५ भन्दा वढी ठाउँका टावरहरुमा आक्रमण भएपछि अहिले ती क्षेत्रको संचारसेवा पनि ठप्प भएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया