जब स्वास्थ्यमन्त्री यादव छड्के अनुगमन गर्न सिंहदरबार छिरे…

जब स्वास्थ्यमन्त्री यादव छड्के अनुगमन गर्न सिंहदरबार छिरे…

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको छड्के अनुगमन गरेका छन् । उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

जडीबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उनले छड्के अनुगमन गरेका हुन् । अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।

करीब चार दर्जन कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर उपप्रधानमन्त्री यादवले असन्तुष्टि व्यक्त गरेका थिए । वैद्यखानाको दुरावस्था देखेर उनले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री यादवसँगै अनुगमनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा केके राई सहभागी थिए ।
रासस

Skip This
Skip This
Logo