अहिले भ्रष्टाचार बढेको होइन्, गिरफ्तारी बढेको होः प्रधानमन्त्री

अहिले भ्रष्टाचार बढेको होइन्, गिरफ्तारी बढेको होः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताए । “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ ” प्रधानमन्त्री ओलीले भने, “अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन । सबैलाई कारबाही हुन्छ ।”

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन् ” प्रधानमन्त्री ओलीले भने, “यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यती बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् । ”

Logo