काठमाडौंको कलंकीमा भएको गोली प्रहार प्रकरणको अनुसन्धानमा खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति हुन् विष्णुप्रसाद शर्माकै छिमेकी इन्जिनियर शुभांकर खनाल । उनको साथबाट लाइसेन्सप्राप्त २ थान हतियार र त्यसमा लाग्ने गोली करिब ४५ राउण्ड बरामद भएको छ । खनाल अहिले अपराध महाशाखाको नियन्त्रणमा छन् । महाशाखाले खनालमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
सोमबार राति कलंकीमाई मन्दिर नजिकै रहेको शर्माको ३ तले घरमा गोली प्रहार भएको थियो । प्रहरीले अहिले उक्त हतियारको परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याब पठाइएको छ ।





























प्रतिक्रिया