प्रधानमन्त्री सिंगापुर जाँदै, प्रचण्ड युएई जाँदै

प्रधानमन्त्री सिंगापुर जाँदै, प्रचण्ड युएई जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्ष विदेश यात्रामा निस्किने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आउँदो साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओली १० दिने सिंगापुर भ्रमणमा जान लागेको सचिवालय स्रोतले जानकारी दिएको छ । ओलीको गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएका थिए ।

अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि आज युएईको दुबई प्रस्थान गर्ने भएका छन् । दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन्  ।

Logo