प्रेमिकाको हत्या गरी फरार युवक १२ वर्षपछि पक्राउ

प्रेमिकाको हत्या गरी फरार युवक १२ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रेमिकाको हत्या गरी फरार रहेका एक जना युवक १२ वर्षपछि पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेपलाञ्चोकका राजेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनलाई साउन १० गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो ।

ब्यूरोले २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।  उनीहरुबीच लामो समय प्रेम सम्बन्ध रहेको र सुनिताले बिबाह गर्न नमान्दा राजेशले छुरा प्रहार गरि हत्या गरेका थिए ।

Logo