दीपकराज गिरीको प्रश्नमा दर्शकको प्रतिप्रश्न- ‘छक्का पञ्जाले कति कर तिर्यो ?’

दीपकराज गिरीको प्रश्नमा दर्शकको प्रतिप्रश्न- ‘छक्का पञ्जाले कति कर तिर्यो ?’

केन्द्रबिन्दु
0
Shares

हास्यकलाकार दीपकराज गिरी बेलाबखत फेसबुकमा आफ्नो भावनाहरु व्यक्त गरिरहन्छन्। कलाकारितासँगै समसामयिक विषयबस्तुहरुमा समेत उनले रोचक घोचक टिप्पणी गर्दै आएका छन्।

यसैक्रममा उनले शनिबार एउटा स्टाटस लेखेका थिए ।  नेपाली कलाकारहरुले महँगो मूल्यमा फिल्म खेल्ने गरेको समाचार बाहिर आएपछि उनले यस विषयमा टिप्पणी गरेका थिए ।

उनले नेपालमा कलाकारले लिएको पारिश्रमिकको समाचार बन्ने गरेको र विदेशमा कलाकारले तिर्ने ट्याक्सको समाचार बन्ने गरेको भन्दै टिप्पणी गरेका थिए।

पत्रकारहरुलाई इंगित गर्दै लेखेको यो स्टाटस अन्तत: उनकैलागि घाँडोसावित भएको छ। उनको स्टाटस लगतै फिल्मीजगतमा करको विषयले प्रवेश पाएको छ।

उनको स्टाटसमा समर्थन जनाउने भन्दा उनीमाथि प्रतिप्रश्न गर्नेहरु धेरै देखिएका छन्।  केहीले उनलाई कर तिरेको प्रमाण प्रस्तुत गर्न समेत चुनौती दिएका छन्। कतिपयले भने उनले बनाएका फिल्महरुले अहिलेसम्म तिरेको करको जानकारी माग गरेका छ।

Logo