सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् ।
शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उनीसंग छ । शनिबार यस्तै भयो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा संञ्चालन गरिने नया भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराईए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे । उनको भाषणमा गंगालाल अस्पतालको स्थापना देखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलावद्ध रुपमा ।
पहिलो कथा
“जमदग्नीले श्रीमतीलाई काटे, छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त माने । मेरो माग पुरा गरिदिनुपर्यो । जो तपाईले बचन दिनुभएको थियो । मेरी आमालाई फेरी जस्ताको तस्तै व्यूँझाईदिनोस् । अनि जमदग्नीले अपरेशन गरेर व्यूँझाईदिए । जस्ताको तस्तै बनाईदिए ।”
दोश्रो कथा
“लक्षमण लंकामा घाईते भए । बेहोस भए । कोमा मा गए । औषधीको थलो भनेको त फेरी हिमालय पर्वत हो । जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए । लक्षमण ब्यूँझिए ।”
तेश्रो कथा
“सनिको नजर पुग्ने वित्तिकै पार्वजतिका छोराको शिर गायब भयो । आपत पर्यो । त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला ।”
परापुर्वकालमा चकर, आश्विनी कुमार लगायत ऋषिहरुले धन्वन्तरि आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दे उनले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए । पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटी बाट नै गर्ने गरेको र स्वस्थयकर जीवन विताएको भन्दै उनले आफ्नो भने ६७ बर्ष कै उमेरमा कमजोर भएको र बुद्धि बंगारा पनि फुस्किएको बताए ।
उनले भने “म ६७ बर्ष पुरा हुन लागे । हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफै खुस्कियो । १ सय १ बर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो ।संयोग कस्तो परेछ । मेरो चाही हिजो बेलुका मात्रै दाहिने पट्टिको माथिल्लो पट्टीको बुद्धि बंगारो खुस्कियो । छामेर हेरेँ । जरा पनि छैन । रगत पनि आएन । कति असक्त भएको रहेछ ।”
नेपालको भुगोल नै औषधी उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दे उनले आधुनिक उपचार पद्धतीमा प्राप्त सफलता तीनै पुर्खाहरुको जेनेटिक मेमोरीका कारण भएको बताए ।
उनले भने “त्यो कल्पना असंभव कल्पना मात्रै थिएन । पुष्पक विमान परापुर्व कालमा कल्पना गरिएको थियो ।अनौठो लाग्छ । पुष्पक विमान लिएर रामलाई लिन लंका गईयो । एयरपोर्ट बनाएको थिएन । पुष्पक विमान हेलिकप्टर झै ल्याण्ड गर्थ्यो र हेलिकप्टर झै टेकअफ गर्थ्यो । एयरपोर्टको चाही कही बर्णन पाईदैन ।”
आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफु अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दे नक्कल विरामी भन्ने पर्ने हो कि भनी ठट्टा पनि गरे ।
उनले भने “कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भएर सुतिराखेको थिएँ । हैन, आउनुन त भनेर अलि जोड गरेपछि उठेर आएको भन्दाखेरी अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली विरामी हो कि क्या हो भन्ने पर्ला । यो अस्थायी विरामी हो । यो नक्कलि चाही होइन । अस्थायी विरामी हो ।”





























प्रतिक्रिया