विवाह भएको तीन मिनेटमै डिभोर्स

विवाह भएको तीन मिनेटमै डिभोर्स

केन्द्रबिन्दु
0
Shares

बिश्वास र भरोसाको अन्तिम चरण हो  विवाह।  त्यसकारण जोडिएको बैबाहिक सम्बन्ध सकभर कोही पनि टुटाउन चाहदैनन्।

तर, यहाँ विवाह गरेको तीन मिनेटमै डिभोर्स भएको खबर छ।  सुन्दा अपत्यारिला लाग्ने यो खबर वास्तविक नै हो।  घटना कुवेतको हो।  यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएकोसमेत बताइएको छ ।

डेली मेलमा उल्लेख भएअनुसार अदालतमा भएको विवाहको सम्झौता पत्रमा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी थिईन । डिभोर्स हुनुको कारण पनि रोचक छ ।

बाटोमा बेहुली चिप्लिएको र त्यही समयमा बेहुलाले ‘बेवकुफ’ भन्दै गाली गरेपछि बेहुलीले छोडपत्र गरेकी हुन् ।

Skip This
Skip This
Logo