मोरङको जहदामा घर–घरमा खोला पस्यो, दुई हजार परिवार विस्थापित

मोरङको जहदामा घर–घरमा खोला पस्यो, दुई हजार परिवार विस्थापित

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

असार अन्तिम साता आएको बाढीका कारण विस्थापित भएर घर फर्केको केहि दिनमै मोरङको जहदा गाँउपालिकाको भीमपुरका स्थानीय र विराटनगर महानगरपालिकाको वडा नम्बर १२ मुसहर बस्तीका मुसहरहरु पुनः विस्थापित भएका छन् । सोमबारदेखि आएको वर्षाका कारण केसलिया खोलामा पानीको बहाब बढेर बस्तीमा पसेपछि मुसहर बस्तीका मुसहरहरु पुनः विस्तापित बनेका हुन् ।

 

यस अघि असार २४ गतेदेखि एक सातासम्म आएको अविरल वर्षाका कारण विराटनगर १२ बखरीस्थित मुसहर बस्तीका १ सय २५ घरपरिवार विस्थापित भएका थिए । त्यसबेला एक साता सम्म उनीहरु नजिकैको बखरी प्राथमिक स्कुलमा बस्न बाध्य भएका थिए । पानी सुकेर घर फर्किएको केहि दिनै शुक्रबार पुनी केसलिया खोलाको पानी बस्तीमा पसेपछि यहाँका ६० घरपरिवार विद्यालयको शरणमा पुगेका छन् ।

सोमबारदेखि भइरहेको वर्षाका कारण विराटनगर महानगरपालिका पश्चिमतर्फ रहेको केसलिया खोलामा पानीको बहाब बढेर १२ नम्बर वार्डको मुसहर बस्ती पुनः डुवानमा परेको छ । यस असार २४ गतेदेखि २९ गतेसम्म यो बस्तीका एक सय १५ घर परिवार विस्थापित भएका थिए । शुक्रबार आएको बाढीका कारणपनि मुसहरबस्तीका ६० घरपरिवार विस्थापित भएर बखरी स्कुल पुगेको छ ।

६ दिन विद्यालयमा बस्दा महानगरपालिकाका केहि जनप्रतिनिधिहरु र अन्य विभिन्न संघसंस्थाहरु आएर चिउरा, भुजा, चामल, दाल र केहि अन्य राहत सामग्री दिएपनि आफुहरुको समस्या ज्यूँका त्यूँ रहेको पिडित राजकुमार कामतले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo