आइसीसी टी २० एशिया छनोट: नेपालको सम्भावना बढ्यो, अब २ खेल जिते पुग्ने

आइसीसी टी २० एशिया छनोट: नेपालको सम्भावना बढ्यो, अब २ खेल जिते पुग्ने

केन्द्रबिन्दु
0
Shares

आइसीसी टी २० विश्वकपको एशिया छनोटको जारी खेलमा नेपाललाई शिर्ष स्थानमा उक्लिन थप सहज भएको छ।

आज भएको खेलमा मलेसिया सिंगापुरसँग र कतार कुवेतसँग हारेपछि नेपाललाई सहज परिस्थिति कायम भएको हो। सिंगापुरले मलेसियालाई आठ विकेटले हराएको थियो भने कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो। अब नेपालले कुवेत र सिंगापुर विरुद्धको खेल मात्रै जिते पुग्ने भएको छ ।

नेपालले शनिबार कुवेतसँग खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्धन्द्धी सिंगापुर रहेको छ । अब नेपालले बाँकि दुई खेल जितेमा ६ अंक हुनेछ । जसमा उसले अहिले तालिकाको शिर्ष दुईमा रहेका टिमसँग नै खेल्नु पर्नेछ । नेपालले जितेमा सिंगापुर ५ अंकमा नै रोकिने छ भने कुवेत तीन अंकमा नै समेटिनेछ ।

सिंगापुर:    खेल, २ जित, १ बराबरी, अंक ५ 
कुवेत:       ३ खेल, १ जित, १ बराबरी, १ हार, अंक ३ 
मलेसिया:   खेल, १ जित, १ बराबरी १ हार,  अंक २
नेपाल:       २ खेल, १ जित, १ हार, अंक २

Logo