नेपाल र चीनबीच द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ। नेपाल र चीनियाँ टोलिबीच यस सम्झौतामा बेइजिङमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार चीन सरकारले नेपाललाई १५ वटा गन्तव्यमा उडान अनुमति दिएको छ । नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको हो ।
बेइजिङमा भएको सम्झौता अनुसार नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु हुन सक्नेछ भने हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान सुरु गर्न सक्नेछ।त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ ।
आफ्ना मुख्य १५ विमानस्थलमा नेपाललाई उडान अनुमति दिन तयार भएको चीनले भने नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ ।
यसअघि नेपालले चीनका ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था थियो।





























प्रतिक्रिया