पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको भनेर प्रकाशित समाचार झूठो भएको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले आफुले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् । “मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरुमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमामा भनिएको छ ।
‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु। ’ विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया