प्रधानमन्त्रीको भाइरल ट्वीट कहिलेको ? सचिवालयको चलाखी कि बदनियत ?

प्रधानमन्त्रीको भाइरल ट्वीट कहिलेको ? सचिवालयको चलाखी कि बदनियत ?

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी-

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर बेलाबखत अपडेट भइरहन्छ । ओलीको ट्वीटरमा महत्वपूर्ण सन्देश, शुभकामना, बधाई र धारणाहरू सार्वजनिक भइरहेका हुन्छन्।

प्रधानमन्त्रीको नामबाट संचालित ट्वीटरमा अपडेट भएका हरेक सामग्री उत्तिकै महत्वपूर्ण हुन्छन् । यसमा अपडेट भएका सामग्रीलाई प्रधानमन्त्रीकै आधिकारिक धारणाका रूपमा बुझिन्छ।  भलै त्यो जोसुकैले अपडेट गरोस् ।  कहिलेकाहीँ अपवाद बाहेक यस्तो काम प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने हो। यो बेग्लै पाटो भयो।

जोन्सनलाई ‘बधाई ट्वीट’ कहिलेको ?

बेलायतमा बुधबार नयाँ प्रधानमन्त्रीका रूपमा बोरिस जोन्सनले पदभार सम्हालेका थिए ।  यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले समकक्षी जोन्सनलाई मेन्सन गर्दै बधाई व्यक्त गरे । कूटनीतिक सम्बन्धलाई दरिलो बनाउन यस्तो भावनात्मक सन्देशले ठूलो अर्थ राख्ने भएकाले प्रधानमन्त्री ओलीको ‘फास्ट अपडेट’ पक्कै तारिफयोग्य छन् ।

त्यसैले त संचारमाध्यमले समाचार बनाएर थप सहयोग गरिदिन्छन्।  तर, प्रधानमन्त्री ओलीको यो ट्वीटले उनको निजी सचिवालयमाथि नै प्रश्न  उठेको छ।

पहिलो कुरो प्रधानमन्त्रीले यो ट्वीट कहिले गरेको भन्ने कुरामै यकिन हुन सकिएको छैन।  संचारमाध्यमले लेखेको यो समाचारहरू हेर्नुहाेस्।  कान्तिपुरले ‘गल्ती भएको पत्तो पाएको लगभग १० मिनेटमा नै ट्वीट डिलिट गरेर अर्को ट्वीट गरेको’ भन्दै समाचार लेखेको छ।

अनि कान्तिपुरले नै राखेको तलको ट्वीटको स्न्याप हेर्नुहोस जसमा १२ बजेर २१ मिनेट जाँदा ट्वीट गरेको छ । यो सच्याइएको ट्वीट हो। कान्तिपुरका अनुसार प्रधानमन्त्रीले यस अघिको ट्वीट हटाएर यो ट्वीट गरेका छन्।

यसरी नै आज अधिकांश संचारमाध्यमले समाचार सम्प्रेषण गरेका छन्।  उदाहरणका लागि अब पहिलोपोष्ट, नेपालन्यूज र खबरहवले सम्प्रेषण गरेको समाचार हेर्नुहोस्।

समाचारहरूमा प्रधानमन्त्री ओलीले गलत व्यक्तिलाई मेन्सन गरेको भन्ने त पुष्टि नै भयो । अझै बिस्वास नलागे फेरि यो स्न्याप हेर्नुहोस्। जुन स्न्याप धेरै संचारमाध्यमले प्रयोग गरेका छन्। यसमा प्रधानमन्त्रीले आज मध्यान्ह १२ बजेर १ मिनेट जाँदा ट्वीट गरेको देखिन्छ।

यति पढिसकेपछि पक्कापक्की भयो कि प्रधानमन्त्रीले आज मध्यान्ह १२ बजेर १ मिनेट जाँदा ट्वीट गरेका हुन् । जुन ट्वीट गलत व्यक्तिलाई मेन्सन भएको थियो ।  प्रधानमन्त्री ओलीले मेन्सन गरेको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाबाट मात्रै फलो गरिएको छ । प्रधानमन्त्री जोन्सन (जसलाई मेन्सन गर्नुपर्ने थियो) को भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५२ हजार जनाले फलो गरेका छन् । तलको स्न्याप हेर्नुहोस्।

अब मुख्य कुरातर्फ जाऔं। त्यसका लागि अब एकपटक प्रधानमन्त्री ओलीको ट्वीटर चेक गरौं।  जसमा लगातार यस विषयमा ३ वटा ट्वीट देखिन्छ।  अनि समय हेरौं। जुन तलको स्न्यापमा हेर्न सकिन्छ।

यसमा २४ जुलाई अर्थात बुधबार (हिजो) मध्यराती ११ बजेर ३६ मिनेट जाँदा प्रधानमन्त्रीले ट्वीट गरेको देखिन्छ। यो ट्वीटमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनलाई नै मेन्सन गरेका छन्।

अब फेरि आज बिहान अपडेट गरिएको यो स्न्याप हेर्नुहोस्। यसमा प्रधानमन्त्री ओलीले गलत व्यक्तिलाई नै मेन्सन गरेका छन्।

अब प्रश्न उठ्छ। हिजो राती नै सही मान्छेलाई मेन्सन गरी ट्वीट गरिएको थियो भने आज बिहान फेरि किन गलत मान्छेलाई मेन्सन गरेर ट्वीट गरियो ? के यो प्रधानमन्त्रीलाई फसाउन कर्मचारीले अपनाएको रणनीति हो ? होइन भने हो चाहिँ के ?

प्रधानमन्त्रीको दुष्प्रचार गर्न खोजिएको होइन भने  एउटा गल्ती लुकाउन अर्को गल्ती गरेको चाहिँ पक्का हो । सचिवालयले अपनाएको चलाखी के हो भने ट्वीट को ‘टाइम’ फेरबदल । आज बिहान गरिएको सही ट्वीट र हिजो रातीको टाइम सेट गरिएको ट्वीट जस्ताको त्यस्तै छ। यी दुइ स्न्याप हेर्नुहोस्। यी दुई ट्वीटमा समय मात्रै फरक छ।  एउटामा हिजो रातीको र अर्कोमा आज बिहानको । अर्थात प्रधानमन्त्रीले आज बिहान गरेको ट्वीटलाई हिजो राती नै ट्वीट गरिएको जस्तो बनाइएको छ ।

यी त भए सचिवालयले अपनाएको ‘ट्याक्टिस’ । गलत व्यक्तिलाई मेन्सन हुनु र समय फेरबदल गरेर भ्रम छर्नु मात्रै होइन,  मिस्टेक अझै बाँकी छ।

एउटै ट्वीटलाई तीनपटक संशोधन 

यो ट्वीटमा एकपटक लेखेर पोष्ट गरियो, त्यसमा नपुग भएर फेरि एडिट गरियो । प्रधानमन्त्रीको ट्वीटर ह्यान्डलबाट यस्तो हुनु नै गल्ती हो। यति मात्रै होइन फेरि अर्को गल्ती छ।  अघि पोष्ट गरिएको ट्वीटमा भाषासहित एउटा शब्द नै गल्ती छ।  अहिलेलाई भाषाको गल्तीलाई सामान्य भनेर छुट दिऊँ। तर, ट्वीटमा प्रयोग गरिएको एउटा अंग्रेजी शब्द नै गल्ती छ।  हुनुपर्ने  ‘Assumption’ तर ट्वीटमा ‘Assumpsiton’ लेखिएको छ। प्रधानमन्त्रीले यस्तो लेखेपछि आएको प्रतिक्रियाहरु तलको स्न्यापमा हेर्नुहोस्।

यसरी व्यंग्य कसेपछि प्रधानमन्त्रीले फेरि ट्वीट गर्दै व्याकरण सच्याएका छन्।  तलको स्न्याप हेर्नुहोस्।

एउटा ट्वीट तीनपटक लेख्नुपर्ने ?

अझै पनि यो फाइनल ट्वीट बनेको छैन, झिनामसिना गल्तीलाई लेखेर आफ्नै देशको प्रधानमन्त्रीको के बेइज्जत गर्नु !

 

 

 

 

 

 

 

Logo