इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले आफ्नो नयाँ योजना ‘अब हरेक टीभीमा यूट्यब’ सार्वजनिक गरेको छ ।
यस सेवा अन्तर्गत नेटटीभीको प्रयोगकर्ताहरूले अब आफ्नो टीभीमार्फत नै यूट्युबको भरपूर फाइदा लिन सक्नेछन्। यो सुविधा स्मार्ट टीभीका साथै ननस्मार्ट वा सीआरटी टीभीमा पनि उपलब्ध छ । हाल नेटटीभीले ८० भन्दा बढी एचडी च्यानलहरूसँगै उत्कृष्ट तहको टीभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।
यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरूका लागि उपलब्ध छ । पुराना प्रयोगकर्ताहरूले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटीभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया