आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको जारी खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।
सन्दीपले आफ्नो पहिलो स्पेलको पहिलो बलमै विकेट लिएका थिए । पारीको दोस्रो ओभरमै बलिङका लाथि आएका सुपरस्टार लेगस्पिनरले पहिलो बलमै कतारका ओपनर फैसाल जावेदलाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए । त्यस्तै ९.५ ओभरमा सन्दीप लामिछानेले मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा करण केसीको हातबाट क्याच आउट गराएका थिए । तानवीरले इनाम उलहकसँग मिलेर ३० रनको साझेदारी गरेका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराएका हुन् ।
कतारले ४.१ ओभरमा ३८ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । करण केसीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् ।
नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको कतारले चौथो विकेट गुमाएको हो ।































प्रतिक्रिया