गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएकाे छ भने ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले घर पुरिएको हो ।
पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहेका छन् त्यस्तै सोही गाउँपालिकाका वडा नम्बर चार लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विकको पनि मृत्यु भएको छ। अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।
बेपत्ताहरूकाे उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।































प्रतिक्रिया