काठमाडौं,
नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैत सम्मको तथ्यांक अनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् ।
ती मध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ ।
त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई, मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीन जना विदेशी नागरिक सो अवधिमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया