सोलुखुम्बुका २० सहित २३ नेता कार्यकर्ता कांग्रेस पार्टीबाट निष्कासित

सोलुखुम्बुका २० सहित २३ नेता कार्यकर्ता कांग्रेस पार्टीबाट निष्कासित

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु,

नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन् ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार ०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उमेद्वारलाई असहयोग गरेको भन्दै सोलुखुम्बुका २० सहित रौतहट र दैलेख जिल्लाका २३ जना नेता–कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको हो।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा बागी उम्मेद्वारी दिएका वीर बहादुर गुरुङ, उनका प्रस्तावक प्रणय राई र समर्थक सागर श्रेष्ठ तथा उपाध्यक्ष पदका उम्मेद्वार प्रमिला राई निष्कासनमा परेका छन् । सोही गाउँपालिका वडा नं. ३ मा वडाध्यक्षका बागी उम्मेद्वार कमल प्रसाद निरौला र उनका प्रस्तावक चक्र बहादुर केसी तथा सोही वडाका राजेश राई र सुर्य राईलाई कांग्रेस पार्टीबाट निष्कासन गरिएको छ । निष्कासनमा वडा नं ९ लोखिमका सन कुमार तामाङ, नेचासल्यान गाउँपालिकाका अध्यक्षका उम्मेद्वार श्रीलाल थापा मगर र उनका प्रस्तावक शिव प्रसाद आचार्य र समर्थक सन्तोष राईलाई पनि पार्टीले कारबाही गरेको छ ।

नेचासल्यान गाउँपालिकाका उपाध्यक्षका बागी उम्मेद्वार नारायण प्रसाद निरौला र उनका प्रस्तावक नरेन्द्र निरौला, सोताङ गाउँपालिका अध्यक्षका लागि बागी उम्मेद्वारी दिएका दिपक खड्का र उनका प्रस्तावक तिल बहादुर बस्नेत तथा समर्थक चन्द्र कुमारी बस्नेत (खड्का) तथा सोताङ गाउँपालिका ३ का वडाध्यक्षका बागी उम्मेद्वार सुर्य बहादुर बस्नेत र माप्य दुधकोशी गाउँपालिकाका कांग्रेस नेता लोकजीत कार्कीलाई पनि कांग्रेस पार्टीले निष्कासन गरेको छ ।

तत्कालिन कांग्रेस नेता दिपक खड्का हाल नेकपा प्रवेश गरिसकेका छन् भने नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्वार बनेका श्रीलाल थापाले पनि यसअघि नै पार्टी परित्याग गरिसकेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo