२०७२ मा गएको बिनाशकारी भूकम्पले मुहान सुकेपछि पानीको समस्या भोग्दै आएका मकवानपुरको थाहानगरपालिका ९ चित्लाङमा अहिले घरैपिच्छे धारा पुगेको छ।
प्लान इन्टरनेशनलको आर्थिक तथा राडो नेपालको प्राबिधिक सहयोगमा घरघरमा धारा वितरण गरिएको हो। त्यसका लागि वडा कार्यालयको समन्वयमा अशोक चैत्य खानेपानी तथा उपभोक्ता समितिले काम गरेको हो।

समितिले १२२ घरधुरी, वडा कार्यलय, स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर समेत गरि १२५ वटा धारा जडान गरेको सचिव राजन बलामीले जानकारी दिए । बलामीले यो आयोजना २४ लाख ५४ हजार ५९५ रुपैयामा सम्पन्न भएको जानकारी दिए । त्यसका लागि प्लान इन्टरनेशनलबाट १८ लाख ५७ हजार ३ सय २९ रुपैया, उपभोक्ताबाट २ लाख ४१ हजार १९९ रुपैया र श्रमदानबाट ३ लाख ५६ हजार ०६७ रुपैया खर्च भएको उनले बताए ।

स्थानीयलाई धारा हस्तान्तरण कार्यक्रममा जापानबाट आएका युमिको कनेको र उमानो, वडाध्यक्ष परशुराम श्रेष्ठ र प्लान इन्टरनेशनलको नवीन प्रधान, भरत थुलुङ्ग, राडो नेपालका दीपेन्द्र कुमार पाठक, कृष्ण पाण्डे, गणेश प्रसाद ढकाल, बद्री प्रसाद देबकोटा, निस्पक्ष युवा क्लबका निराजन गोपाली र स्थानीयको उपस्थिति थियो ।
घरघरमा पानीको धारा पुगेपछि स्थानीयले ठूलो राहत महशुस गरेका छन् ।

यो पनि































प्रतिक्रिया