चन्दा आतंक मच्चाउँदै विप्लव समूह : चार सय चन्दादाताको सूची जफत

चन्दा आतंक मच्चाउँदै विप्लव समूह : चार सय चन्दादाताको सूची जफत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माण सम्बन्धी अन्य आयोजना लगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको हो । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । ‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति तथा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ,’ एसएसपी सकुल थापाले भने, ‘राजधानी लगायत देशका विभिन्न स्थानमा चन्दा असुल्नकै लागि आफ्ना भ्रातृसंगठनलाई परिचालन गरिएको देखिन्छ ।’ थापाका अनुसार प्रतिबन्धित नेकपाले राष्ट्रिय गौरवसहित ठूला जलविद्युत् तथा सडक आयोजनाबाट २० लाखका दरले रकम असुल्नेगरी सूची तयार पारेको छ ।

शिखर सुज लगायत कम्पनीबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरी तयार पारिएको कागजपत्र जफत गरिएको छ । यसैगरी अन्य वस्तु तथा सेवाप्रदायक मझौला उद्योग र चल्तीका निजी शैक्षिक संस्था प्रत्येकबाट १० लाखसम्म चन्दा असुल गर्ने उल्लेख छ । साना उद्योग तथा खुद्रा पसलबाट चन्दा माग गर्ने र स्वेच्छिक रुपमा दिएकोलाई स्वीकार गर्नेगरी कागजपत्र तयार पारेको खुलेको छ ।
नागरिकबाट

Logo