बुद्धमूर्ति तोडफोडको विरोधमा प्रदर्शन

बुद्धमूर्ति तोडफोडको विरोधमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

भैरहवा,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेका गौतमबुद्धका मूर्तिको तोडफोड गर्ने कार्यमा संलग्नलाई कडा कारवाहीको माग गर्दै भैरहवा मर्नि ग्रुप सिद्धार्थनगरले र्याली निकालेको छ ।

गौतमबुद्धका मूर्तिको निर्ममतापूर्वक तोडफोड गरिएकोमा भैरहवा मर्नि ग्रुपले निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै र्याली निकालेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डमा पर्ने तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका पाँच वटा बुद्धका मूर्ति केही दिन अघि तोडफोड गरिएको थियो ।

घटनाको विरोध गर्दै भैरहवा मर्नि ग्रुप (बिएमजी) ले आइतबार भैरहवामा विरोध र्याली निकालेको हो । भैरहवास्थित बुद्धचोकबाट निकालिएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।

शान्तिको देशमा अशान्ति फैलाउने जोसकै भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बिएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले माग गर्नुभयो । बिएमजीका कार्यवाहक अध्यक्ष बाबुराम केसीले बुद्धमूर्तिका घटनामा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने बताउनुभयो ।
गोरखापत्रबाट

Logo