गुठी विधेयकबिरुद्ध संघर्ष गर्दै आएका उपत्यकाका स्थानीयहरु पछिल्लो समय गुठीको जग्गामा भौतिक संरचना बन्न नदिन कडारुपमा उत्रिएका छन् ।
केही समयअघि काठमाडौँको कीर्तिपुरका स्थानीयले सार्वजनिक जग्गा मिचेर बनाएको घर भत्काईदिएका थिए। शनिबार फेरि काठमाडौँको टेकुमा अवैधानिकरुपमा बनाइएका संरचना स्थानीयले भत्काई दिएका छन् । काठमाडौँको वडा नं १२ मा रहेको श्री पचली भैरबनाथको गुठिको जग्गामा निर्माण भैरहेको भवनको संरचना स्थानीय गुठीयारहरुले भत्काएका हुन् ।
गुठीको जग्गामा महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न थालेको भन्दै गुठीयारहरुले निर्माणाधिन भवनको सामाग्रीमा आगजनी गरेका हुन् । गुठीयार र विद्यालयबीच जग्गा उपयोगका विषयमा लामो समयदेखि विवाद हुदै आएको थियो ।
जग्गा विवादबारे छलफल गर्न शनिबार बिहान बोलाइएको बैठकमा जनप्रतिनिधिको जवाफ गैरजिम्मेबार रहेको भन्दै आक्रोशित समूहले निमाणाधिन भवनमा आगजनी गरेका हुन् । विद्यालयले गुठीको जग्गामा बिना सहमति र भवन निर्माण पास नगरिकन नै भवन निर्माण गर्न लागेकाले आफुहरुले त्यसलाई रोकेको स्थानीयको आरोप छ ।
यता विद्यालय प्रशासनले भने मौखिक सहमति अनुसार भवन निर्माण थालिएको जनाएको छ ।

स्थानीयले उपत्यकाको गुठी जग्गाको संरक्षणका लागि कडारुपमा उत्रिने चेतावनी समेत दिएका छन् । यसअघि गुठियारहरुको चर्को बिरोधका कारण संसदमा दर्ता भएको विधेयक सरकारले फिर्ता लिएको थियो ।































प्रतिक्रिया