लोकसेवाको परीक्षा विथोल्न खोज्नेहरु पक्राउ

लोकसेवाको परीक्षा विथोल्न खोज्नेहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगको परीक्षा विथोल्न खोज्ने चार जना पक्राउ परेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ परेका हुन् । उनीहरुले खोटाङको सदरमुकाम दिक्तेलमा शनिबार आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर परीक्षा प्रभावित पार्न खोजेको प्रहरीको दाबी छ।

उनीहरुले परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम गरेको जनाएको छ ।

आदिवासी जनजाति महासङ्घले संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज १ नम्बर प्रदेश बन्द आह्वान गरेको छ ।

Logo