काठमाडौं,
इन्जिनियरिङका विद्यार्थीले बनाएको रोबोर्टले मंगोलियामा प्रतिस्पर्धा गर्ने भएको छ । पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको ‘रोवोटिक्स क्लव’ ले बनाएको रोबोर्टले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भएको हो ।
उक्त रोबोर्टले मंगोलियामा आयोजना हुने प्रतिगोगितामा एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकसँग प्रतिस्पर्धा गर्नेछ । इन्जिनियरिङ कलेजका स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थी आफैँले नयाँ प्रविधि र मेकानिज्म् प्रयोग गर्दै रोबोर्ट तयार गरेका हुन् ।
विगत १९ वर्षदेखि रोबोटो प्रतियोगिता हुँदै आएको क्लवले जनाएको छ । त्रिभुवन विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै रोवोटिक्स क्लवले सन् २००२ देखि उक्त प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
रोबोर्ट निर्माण सम्पन्न भएपछि शुक्रबार कलेजमा ‘अब रोबोकन, २०१९’ प्रदर्शन गरियो । यस वर्षको ‘रोवोकन’ प्रतियोगिता अर्को महिना मङगोलियाको उलनबटरमा आयोजना हुँदैछ । मङ्गोलियामा प्रतियोगिता हुने भएकाले यस बर्ष नेपाली विद्यार्थीले घोडामार्फत हुने युद्ध कौशल सम्बन्धी त्यहाँको परम्परा र संस्कृती झल्काउने खालको रोबोर्ट तयार गरेका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया