बाजुरामा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाही रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए।
क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना भएको हो । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुको उद्धारका लागि हेलिकोप्टर मगाइएको डीएसपी भाटले जानकारी दिए। उनीहरुलाई नेपालगञ्ज लैजाने तयारी भैरहेको छ।





























प्रतिक्रिया