जुम्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावत विस्थापित भएका छन् । लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेपछि उनी विस्थापित भएका हुन् ।
वडाध्यक्ष रावतले गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा हातपात गरी कुटपिट गरेको बताए ।
उनीमाथि बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका थिए । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेका थिए ।





























प्रतिक्रिया