६ महिनामा ६ लाख पर्यटक नेपाल भित्रिए

६ महिनामा ६ लाख पर्यटक नेपाल भित्रिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या गतवर्ष भन्दा १२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गएको जनवरीदेखि जुनसम्म ५ लाख ८५ हजार ५ सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

गतवर्षको सोही अवधिमा ५ लाख बढी २० हजार मात्र पर्यटक आएका थिए । हाल भने हवाईमार्ग हुँदै ४ लाख ९० हजार ५ सय ४३ र स्थलमार्ग हुँदै ९४ हजार ९ सय ९७ पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि आँकडाले भने पर्यटक आगमन सुस्ताएको देखाएको छ । बोर्डको तथ्यांक अनुसार ६ महिनामा भारतबाट १ लाख ३ हजार, चीनबाट ८५ हजार ३ सयको संख्यामा पर्यटक आगमन भएको छ । यो अवधिमा सार्क मुलुकबाट १०.४, एसियाबाट २०.८, युरोपबाट २.३२, अमेरिकाबाट ९.९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo