‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिभिजनमार्फत प्रशारण भैरहेको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ।

वार्षिक उत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो कार्यक्रमको समापन गरिएको हो।  कार्यक्रमका प्रस्तोता मनोज पाण्डेले यो कार्यक्रमबाट विदा लिएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा ५० वटा कार्यक्रम प्रस्तुत भएको केही भागहरुमा सहभागी हुन् नपाएको बताए। उनले प्रस्तोता पाण्डेले उक्त कार्यक्रम छाड्दा दुःख लागेको बताए।

कार्यक्रमका प्रस्तोता पाण्डेमाथि ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको नाममा रकम उठाएको आरोपहरु लाग्दै आएको थियो।  पाण्डेले भने   बाहिर चर्चा भए जस्तो आफूले कुनै पनि सरकारी निकायबाट विज्ञापन नउठाएको दाबी गरेका छन् ।

Skip This
Skip This
Logo