विषादी परीक्षण नरोक्ने अन्तरिम आदेश कायमै

विषादी परीक्षण नरोक्ने अन्तरिम आदेश कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश निरन्तर कायम राख्न मंगलबार पुनः अर्को आदेश दिएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले सो आदेश दिएको हो।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालका तर्फबाट अधिबक्ता एवं पत्रकार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायणप्रसाद दुवाडी तथा स्वतन्त्र रुपमा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र उपभोक्ता मञ्चका तर्फबाट अधिवक्ता कुमारी खरेलले दायर गरेको रिटमा सर्वोच्चले आज पुनः अर्को आदेश दिएको हो ।

यस अघिको सर्वोच्चको अन्तरिम आदेश निरन्तर कायम राख्ने कि नराख्ने भन्ने विषयमा सोमबार र मंगलबार गरि २ दिन बहस भएको थियो ।

सर्वोच्चको यस निर्णय पछि अधिबक्ता स्वागत नेपालले यो जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल फेसबुकमा उनले दिएको प्रतिक्रिया यस्तो छ :

Logo