एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । "/>

काठमाडौं महानगरका नासु एक लाख ७ हजार घुससहित पक्राउ

काठमाडौं महानगरका नासु एक लाख ७ हजार घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका नायव सुब्बा कृष्ण प्रसाद सोती घुसरकम सहित पक्राउ परेका छन्।

महानगरपालिकाकाको समाजिक विकास विभागमा कार्यारत सोतीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनलाई कार्यालय परिसर बरमहलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

उनले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस लिएको अख्तियारले जनाएको छ ।

Logo