प्रदेश नं. ३ : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

प्रदेश नं. ३ : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

केन्द्रबिन्दु
0
Shares

मकवानपुर,

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो। त्यस्तै, बाढी र पहिरोमा परी घाईते भएकाहरुको प्रदेश सरकार मातहतका अस्पतालमा निःशुल्क उपचार गर्ने र अन्य अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँसम्म राहत रकम दिने निर्णय गरिएको मुख्यमन्त्री पौडेलले बताए।

‘बाढी र पहिरोबाट घाइते भएकाहरुको प्रदेश सरकार अन्तर्गतका अस्पतालमा निःशुल्क उपचार गर्नेछौ,’ उनले भने, ‘अन्य अस्पतालमा उपचार गराए उपचारको बिलका आधारमा २५ हजार रुपैयाँसम्म उपलब्ध गराइने छ।’ प्रदेश ३ सरकार मातहत विभिन्न जिल्लामा ८ वटा अस्पताल रहेका छन्।
नागरिकबाट

Logo