वागमती नदीको टापुमा फसेका सत्रजनाको अझैसम्म उद्दार हुन सकेन

वागमती नदीको टापुमा फसेका सत्रजनाको अझैसम्म उद्दार हुन सकेन


काठमाडौं,

रौतहट र सर्लाहीको सीमामा पर्ने वागमती नदीको टापुमा हिजोदेखि फसेका १७ जना गोठालाको हालसम्म उद्दार हुन सकेको छैन ।

गाईवस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले सोही स्थानमा रोकेको हो । उनीहरु रुखमा चढेर उद्दारको लागि हारगुहार गरिरहेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदीमा फसेका उनीहरुलाई उद्दारको लागि सेनाको हेलिकप्टर मगाउन पत्राचार भएको छ । तर खराब मौसम र लगातारको वर्षाले हेलिकप्टर उड्न सकेको छैन ।

चारदिनदेखिको अविरल वर्षाले सदरमुकाम गौरको भन्सार कार्यालय नजिक १५ फिट सम्म पानी जमेको छ । गौर–चन्द्रपुर सडक लगायत भित्री सडक समेत जलामय भएर कतै आवतजावत हुन सकेको छैन । यहाँ अहिले पनि मुसलधारे पानी परिरहेकोले डुंगा तथा रबर बोट सञ्चालनमा समस्या परेको छ ।

Logo