काठमाडौं,
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यो वर्ष मलको अभाव नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री खनालले ठूलो मात्रामा अनुदानको रकम किसानलाई दिएका कारण मलको समस्या देखिए पनि अभाव भने नरहेको बताए । मन्त्री खनालले युरिया मल प्रशस्त रहेको र डिएपी मलको समस्या भए पनि २/३ दिनमा समस्या समाधान हुने दाबी गरे ।
मन्त्री खनालले अहिलेसम्म मुलुकभर ३० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । अघिल्लो वर्ष यही समयसम्म ५३ प्रतिशत रोपाइँ भए पनि यस वर्ष मनसुन ढिला भित्रिएका कारण रोपाइँ कम भएको उनको भनाइ थियो ।
मन्त्री खनालले विषादी परीक्षणका विषयमा सरकार गम्भीर रहेको बताए । नाकामा भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलु लगायतका वस्तु र चीनबाट आयात हुने स्याउको पनि परीक्षण हुने गरेको उनले बताए । सर्वोच्च अदालतले विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरूले पालना गर्ने उनको भनाइ थियो । विषादी परीक्षण लगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटका लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाइसकेको जानकारीसमेत उनले दिए ।
कारोबारबाट





























प्रतिक्रिया