काठमाडौं,
भारतबाट आयातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ।
अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये दुई समूहका करिब २० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ८० प्रतिशत विषादी परीक्षण हुँदैन।
विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ। नेपालमा अन्य ८० प्रतिशत विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन। प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लिराम शर्माका अनुसार नेपालमा तरकारीमा प्रयोग हुने ८० प्रतिशत विषादीको परीक्षण नै हुँदैन । ‘दुई समूहबाहेक अन्य विषादीको परीक्षण गर्न सकेका छैनौं,’ शर्माले भने, ‘परीक्षण हुने विषादीको हिस्सा २० प्रतिशत मात्र छ।’
केन्द्रका अनुसार यहाँ प्रयोग हुने विषादीमा अर्गानोफस्फेट १७.५७ प्रतिशत र कार्बामेट २.२९ प्रतिशत छ। अहिले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले यिनै दुई समूहका किटनाशक विषादीको मात्र परीक्षण गर्छ। अन्य विषादीको अवशेषको मात्रा परीक्षण गर्ने नेपालमा प्रविधि र प्रयोगशाला नै छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालाले अन्य केही विषादीको नमूना संकलन गरेर परीक्षण गर्ने भए पनि उसको विषादी परीक्षण गर्ने अन्य ठाउँमा संयन्त्र छैन।
नागरिकबाट





























प्रतिक्रिया