आकस्मिक मन्त्रिपरिषद बैठक बिना निष्कर्ष स्थगित भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको हो । बैठक बेलुका फेरि बस्ने गरि स्थगित भएको हो ।
बैठकमा पछिल्लो समय विवादित निर्णयहरुका बारेमा छलफल भएको र कुनै ठोस निर्णय नभएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र बनमन्त्री शक्ति बस्नेत उपस्थित थिएनन भने उधोगमन्त्री मातृका यादव वैठकलाई बिचमै छाडेर बाहिरिएका थिए।
बैठक हिजो सोमबार पनि बसेको थियो ।





























प्रतिक्रिया