मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजदुरले भुक्तानी माग गरेका छन् । २९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् । सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ । उनीहरूले सिएमसीले काम छाडे लगत्तै भुक्तानी माग गर्दै आए पनि आयोजनाले अधिकार नभएको भन्दै पन्छिँदै आएको थियो ।

सिएमसीले छाडेको ६ महिनापछि गत जेठमा मन्त्रिपरिषद् बैठकले आयोजनाको ठेक्का टुक्राएर सीधै काममा लगाउन सक्ने निर्णय गरेको थियो । जस अनुसार आयोजना बोर्डले दुइटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो । आठवटामा सिएसमीसँगै काम गरेको सहायक ठेकेदारलाई कामको जिम्मा दिइएको छ । सरकारको निर्णय अनुसार सीधै ठेक्का पाएका ठेकेदार आयोजनास्थलमा पुग्दा भुक्तानी लिन बाँकी रहेका भेन्डरले अवरोध गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo