मकवानपुरको थाहा नगरपालिका १० स्थित टौखेलमा आगलागी हुँदा एक जना घाइते भएका छन्।
नयाँ ग्यास जोड्ने क्रममा लिक भएर स्थानीय कल्पना गोपालीको घरमा आगलागी भएको हो । आगलागीमा परि उनका छोरा सामान्य घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भैरहेको शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिए । आगलागीबाट घरमा भएको अन्न र लत्ताकपडा जलेको गोपालीले जानकारी दिए ।
आगलागी शुरु हुनासाथ स्थानीयले थाहा पाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताए। अहिले आगो निभाइसकिएको छ।





























प्रतिक्रिया