भूकम्प गएलगतै राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइट डाउन भएको छ। भूकम्प बारेमा आधिकारिक जानकारी प्राप्त गर्न धेरैले एकैपटक वेबसाइटमा प्रवेश गर्दा डाउन भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
दिउँसो ४ बजेर १५ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको उनले जानकारी दिए । अधिकारीले ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको केन्द्रबिन्दुलाई जानकारी गराए ।
यो धक्का ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प हो । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं आसपासका ललितपुर, काभ्रे, मकवानपुर, धादिङ लगायतका जिल्लामा महसुस भएको छ । ठूलो झट्का महशुस गरिएपछि सबै त्रसित बनेका छन् ।






























प्रतिक्रिया