काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो । ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
जसमा महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् । गोरखाका एसपी भोला रावललाई प्रदेश नं. ६ प्रहरी कार्यालय पठाईएको छ । उनी दिउँसै मदिरामा लठ्ठ परेको अवस्था भेटिएका थिए ।
हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् । बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइमा सरुवा गरिएको छ ।





























प्रतिक्रिया