दीपक मनाङे भन्छन्, ‘सरकारले दिएको ४५ हजारले चिया खान पुग्दैन’

दीपक मनाङे भन्छन्, ‘सरकारले दिएको ४५ हजारले चिया खान पुग्दैन’


पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी दीपक मनाङे उर्फ राजीव गुरुङ नेकपा प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कमल थापा नेतृत्वको राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका मनाङे स्वतन्त्र भएर चुनाव लडेका थिए । चुनावमा विजयी भएका उनी समाज सेवाको लागि राजनीतिमा आएको बताउँछन् । उनी भन्छन्, ‘सरकारले दिएको ४५ हजारले त चिया खान पनि पुग्दैन । म त समाज सेवाको लागि राजनीतिमा आएको हुँ,’

पार्टी प्रवेशपछि बोल्दै मनाङेले राजनीति सोचजस्तो सजिलो नभएको बताए । नेकपा प्रवेश गरेसँगै उनले नेपाली कांग्रेसमाथि कडा प्रहार गरेका छन् । कांग्रेसलाई स्पष्ट विचारधारा नभएको पार्टीको संज्ञा दिए । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवामा अघि बढ्ने उनको संकल्प छ ।

Logo