काठमाडौंको बबरमहलमा अवस्थित नेपाल मेगा कलेज छोटो अवधिमा नै ठूलो आकार लिन सफल कलेज हो ।
आम विद्यार्थी र अविभावकको आँखामा परिसकेको नेपाल मेगा कलेज स्थापनाको ९ बर्ष अघि भएको हो । मेगाको सफलताको राज मुलरुपमा दक्ष ब्यवस्थापन टिम नै हो भनेर ठोकुवा गर्न सकिन्छ । यस कलेजको सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ, प्रोफेसर डाक्टर होमनाथ भट्टराई । नाष्टको ‘भाइसचान्सलर’ भएर समेत अनुभव संगाल्नुभएका अध्यक्ष भट्टराईको नेतृत्वप्रति मेगा कलेज मात्र होइन सम्पूर्ण शिक्षा क्षेत्र नै गौरव गर्दछ ।
विज्ञ र दक्ष अध्यापकहरुको टीमले मेगालाई साच्चैनै ‘ह्याब्बीवेट’ बनाएको छ । यस कलेजमा प्लस टु तर्फ साइन्स, म्यानेजमेन्ट, ह्यूम्यानिटिज र ‘ल’को अध्ययन–अध्यापन हुनेगर्छ ।
विशेषतै विशेषताका कारण पनि नेपाल मेगा कलेजले धेरैलाई दौडमा पछाडि छोड्न सफल भएको हो । नेपाल मेगाको विशेषताको प्रसंग उक्काउँदा साइन्स्, ल्वाब, मिटिङहल, लाइब्रेरी, क्यान्टिन लगायतका भौतिकपूर्वाधारको कुरा छुटायो भने अपुरो हुन्छ । ९० प्रतिशतभन्दा बढीको रिजल्ट र ठूलो संख्यामा स्कलरशिपको विषयले पनि मेगालाई विद्यार्थीमाझ प्रिय बनाएको छ ।
यतिधेरै विशेषता भएको र गौरवपूर्ण स्वाद चाखिसकेको मेगा कलेजको मेनेजमेन्ट टिम भने थप सफलताकोलागि संघर्षरत छ । मेगा कलेज प्रतिसतमा प्राप्त हुने रिजल्टमा सीमित छैन । दक्ष जनशक्ति उत्पादनलाई मुल मन्त्र मानेको मेगाले शिक्षा क्षेत्रमा उदाहरणिय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य लिएको छ ।
प्रस्तुत छ, नेपाल मेगा कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री





























प्रतिक्रिया