काठमाडौंमा गर्न लागेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नहुने भएको छ। अवार्ड कार्यक्रमको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार अवार्ड कार्यक्रम रोक्न निर्देशन दिएको थियो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सोही निर्देशन अनुसार कार्यक्रम रोक्नु परेको जानकारी दिए ।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।
त्यसपछि सत्तारुढ दलकै नेताहरु भीम रावल, अग्निप्रसाद सापकोटादेखि कलाकार र सर्वसाधारणले चर्को बिरोध गरेका थिए।





























प्रतिक्रिया